Comments Add Comment

‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

भारत लगायत विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । लकडाउनका कारण हल बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । तर, नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात नभएको होइन । दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् ।

यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संकार बसाल्न सफल मानिएको ‘सिनेमाघर एप’ अब अपडेटेड भर्सनमा आएको छ । ‘सिनेमा घर गोल्ड’ नाम राखिएको यो एपमा ५ सय रुपैयाँमा नै चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने बताइएको छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा यो एपको घोषणा गर्दै यसका प्रमुख खगेन्द्र लामिछानेले नयाँ सोचमा आफूले सहयोग गरेको बताए ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न सकिन्छ । खगेन्द्रका अनुसार वर्षमा डेढ दर्जन चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी र सर्ट मुभिज यो एपमा ५ सय रुपैयाँमा नै हेर्न सकिनेछ ।

एपबाट नेपाली चलचित्र पाइरेसी पनि भैरहेका छन् । पाइरेसीलाई रोक्नका लागि एपमा सुरक्षाको व्यवस्था कडा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

युटुबमै नेपाली चलचित्र हेर्ने बानीको विकास नेपालमा छ । यसलाई कसरी छुटाउनुहुन्छ भन्ने प्रश्नमा खगेन्द्र भन्छन्–‘युटुबमा चलचित्र हेर्ने दर्शकलाई नहेर्नुहोस् र हाम्रो एपबाट हेर्नुहोस् भन्न मिल्दैन । तर, कुनै पनि सामाग्री निर्माण गरेपछि त्यसको मुल्य हुन्छ । हामीले, आफ्नो सामाग्रीको मुल्य चिन्नुहोस् र महत्व दिनुहोस् भन्न मात्र खोजेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment