+
+

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १०:४०

१९ पुस, काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?