Comments Add Comment

नवीकरण फेल भएका साढे २ लाख प्राइभेट फर्मलाई फेरि मौका

१९ पुस, काठमाडौं । नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालन हुन पाउने गरी सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गरेको छ । पुष १० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सरकारको उक्त निर्णयपछि झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई पुनः सञ्चालनको अवसर मिलेको वाणिज्य वभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘प्राइभेट र्फम रजिष्ट्रेशन ऐन, २०१४ अनुसार विभागमा मात्रै करिब ५ लाख फर्महरु दर्ता रहेको र त्यासमा झण्डै आधा फर्महरु नवीकरण फेल छन् । उनीहरुलाई अवसर दिइएको हो,’ सेढाईंले भने ।

२०७८ असार मसान्तसम्म नवीकरण गर्न छुटेका सबै निजी फर्महरुले आवस्यक कागजातसहित नवीकरण गर्न विभागमा निवेदन दिन सक्ने पनि उनले बताए ।

फर्महरुले नवीकरण गर्दा साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा २० लाख अधिकृत पुँजीभन्दा कम भएका फर्महरुका लागि बाषिर्क २ हजारका दरले र २० लाख भन्दा बढी पूँजी भएका फर्महरुका लागि बाषिर्क ५ हजारका दरले थप नवीकरण शुल्क तोकिएको प्रवक्ता एवं निर्देशक सेढाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment