Comments Add Comment

अक्सफोर्डको खोप निर्यातमा भारतले लगायो रोक

२० पुस, काठमाडौं । भारतले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको कोरोना खोप निर्यातमा रोक लगाएको छ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आइतबार आफूले उत्पादन गरिरहेको खोप निर्यातमा रोक लागेको जानकारी दिएको हो ।

आइतबार मात्रै भारतले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । यो खोपलाई बेलायतसहित अन्य धेरै मुलुकले पनि अनुमति दिइसकेका छन् ।

सेरम इन्स्टिच्युट भारतको प्रमुख आपूर्तिकर्ता हो । कम्पनीका मुख्य कार्यकारी अदार पूनावालाले भारतले सबैभन्दा पहिला आफ्ना नागरिकहरुलाई खोप सुरक्षित गर्न चाहेकाले खोप निर्यातमा रोक लगाइएको बताएका हुन् । उनले सरकारको यो निर्णयको कम्पनीले सम्मान गर्ने बताएका छन् ।

भारतको घरेलु कम्पनी भारत बायोटेकको कोरोना खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ । तर, अहिलेसम्म यी खोपहरु कति प्रभावकारी छन् भन्नेबारे धेरै प्रश्नहरुको उत्तर नियामकले दिएका छैनन् । त्यसैले भारतमा खोप अनुमति दिन मात्र हतार गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

भारतले छिटै नै कोरोना खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । जसअनुसार पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना खोप दिने योजना भारतको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना खोपले अनुमति पाउनु महामारी नियन्त्रणको लागि निर्णायक मोडमा पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment