+
+
Shares

माधव नेपालको अध्यक्षतामा पेरिसडाडाँमा स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १४:००

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो ।

सोमबारको बैठकले संसद पुनर्स्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ ।

कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?