
२० पुस, काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका-७ धापासीबाट दुई थान चरीबाघको छालासहित आइतबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4