Comments Add Comment

पत्रकार पौडेल र गौतम सम्मानित

२० पुस, बुटवल । रुपन्देहीका दुईजना अग्रज महिला पत्रकार सम्मानित भएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रुपन्देहीले संघर्षशील पत्रकार महिला सम्मानबाट पत्रकार माया गौतम र दुर्गा पौडेललाई सम्मान गरेको हो ।

लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख कृष्णी थारु र बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकारद्वयलाई १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै उपसभामुख कृष्णी थारुले पत्रकार महिलाहरुको क्षमता विकास र पेशागत सुरक्षाको लागि प्रदेश सभाले सहकार्य गर्ने बताइन् । संस्थाका अध्यक्ष कल्पना तिवारीले हरेक दुई–दुई वर्षमा एकजना अग्रज महिला पत्रकारलाई सम्मान गर्दै आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment