+
+
Shares

ललितपुर अदालतले दिएन पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ ।
  • उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
  • श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गरेका छन् ।

२ भदौ, काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ ।

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो ।

श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन् ।

उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् ।

श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?