News Summary
Generated by OK AI. Editorially reviewed.- उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दर्ता गराएकी छिन्।
- सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएकै दिन उहाँविरुद्ध नयाँ जाहेरी दर्ता भएको हो।
- प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान गर्न यसअघि नै पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो।
१ भदौ, काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छिन् । उनले जिल्ला प्रहरी परिसर, ललितपुरमा पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन् ।
प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिए ।
‘जाहेरी आएको छ, म बाहिर भएकाले अध्ययन भने गर्न पाएको छैन,’ एसएसपी कार्कीले भने ।
श्रेष्ठलाई आजमात्रै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।
त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
श्रेष्ठले समाचारमा राखेको उक्त तस्वीर जाहेरवाला आफैंले सामाजिक सञ्जालमा प्रविष्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको रिहा गर्न जारी भएको परमादेशमा उल्लेख छ ।
प्रतिक्रिया 4