+
+
Shares

रिहापछि पत्रकार श्रेष्ठले भने– म हार्दिनँ, देखेको लेख्न छोड्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन् ।
  • श्रेष्ठले आफू हिरासतमा रहँदा कानुन व्यवसायीसँग समेत भेट गर्न नदिएको आरोप लगाएका छन् ।
  • उनले \'म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ\' भन्दै सरकारलाई कानुन हातमा नलिने चेतावनी दिएका छन् ।

१ भदौ, काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएको थियो ।

रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको बताए । उनले यस्ता हर्कतको सुरूवात  मात्र भएको र अब अरूलाई पनि यस्तै हुने शंका गरे ।

उनले आफूले देखेको समाचार लेख्दा विगतमा पनि यस्ता सत्ताका ज्यादती बेहोरेको उल्लेख गर्दै उनले आफू नहारेको बताए ।

‘कानुन  व्यवसायीलाई समेत  भेट्न दिएनन् । तर मैले हारेको छैन । म हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ पत्रकार श्रेष्ठले भने ।

उनले गौरीबहादुर कार्कीको प्रतिवेदन बाहिर ल्याएदेखि नै केहीलाई चित्त नबुझेको बताए । उनले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्रहरूलाई नचलाउन चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?