+
+
Shares

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार किशोर श्रेष्ठलाई काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरबाट महाराजगञ्ज वृत्तको हिरासतमा सारिएको छ।
  • वैयक्तिक गोपनीयतासम्बन्धी उजुरीका आधारमा २७ साउनमा पक्राउ परेका श्रेष्ठलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
  • सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर रिटमा बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

२९ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । पत्रकार श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको पुष्टि प्रहरीले गरेको छ ।

समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?