+
+
Shares

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १९:४९

२० पुस, काठमाडौं । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तर) बाट गोल्यानलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था छ ।

यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ । विज्ञ उद्योगीहरु मध्येबाट एक महिलासमेत गरी दुई जना नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । सो अनुसार विज्ञ उद्योगीको रुपमा गोल्यान सदस्य नियुक्त भएका हुन् ।

औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धि तथा औद्योगीकरण सम्बन्धी नीतिगत निर्णय गर्ने, साथै उद्योग सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने काम बोर्डले गर्दै आएको छ ।

यसैगरी मुलुकको समग्र औद्योगीकरण सम्बन्धी नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत संरचना एव कार्य प्रणालीको नियमित समीक्षा गरी त्यसमा आवश्यक सुधार गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने साथै प्रचलित कानूनको अधीनमा रही विदेशी लगानी र प्रविधि हस्तान्तरण सम्बन्धी आवश्यक नीतिगत निर्णय गर्ने लगायतका कामहरु पनि बोर्डले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?