+
+
Shares

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते ८:५१

२१ पुस, काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।

केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिएका छन् ।

दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए ।

केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरुवा गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?