Comments Add Comment

गुगलमा पहिलोपटक गठन भयो कर्मचारी युनियन

गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् ।

प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ ।

मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारी/कामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ ।

कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो मुख्य प्रविधि कम्पनीहरुमा कर्मचारीहरुद्वारा र कर्मचारीहरुकै लागि स्थापित पहिलो संगठन हो । ‘हामीले हाम्रा प्रतिधिहरु निर्वाचित गर्नेछौँ, प्रजातान्त्रिक रुपमा निर्णय लिनेछौँ, सदस्यता शुल्क तिर्नेछौँ । साथै कम्पनीले आफूहरुको मूल्य प्रतिबिम्बित गरोस् भन्ने कर्मचारीहरुको चाहना पूर्तिका लागि सहकार्य गर्नेगरी हामीहरुले कुशल संगठकहरु आबद्ध गर्नेछौँ ।’

सुरुवाती चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासँगबाट युनियनको कार्ड प्राप्त गरेका छन् ।

हाल गुगलको कर्मचारी युनियनमा कन्ट्रयाक्टरले समेत सदस्यता ग्रहण गर्नसक्ने भएको हुँदा कानुनतः त्यसलाई सामूहिक सौदावादीको आधिकारिक अधिकार नहुने बताइएको छ ।

आफ्ना कर्मचारीहरुले पहिलोपटक संगठन खोलेको घटनाप्रति गुगलले भने सकारात्मक प्रतिक्रिया दिएको छ । आफु कर्मचारीहरुसँगै सहकार्य गर्न तयार रहेको गुगलले जनाएको छ ।

गुगलका अधिकारीले सिएनएनसँग भनेका छन्, ‘हामीले हाम्रो जनशक्तिका लागि सदैव सहयोगी तथा पुरस्कृत हुने खालको कार्यवातावरण सिर्जना गर्न कठिन परिश्रम गर्दै आएका छौँ । हाम्रा कर्मचारीहरुमा निश्चितरुपमा श्रम अधिकार निहित छ र हामी यसको समर्थन गर्दछौँ । तथापि हामीले सधैँझैँ हाम्रा सम्पूर्ण कर्मचारीहरुसँग प्रत्यक्ष रुपमै सम्बन्ध कायम गर्ने कुरालाई निरन्तरता दिनेछौँ ।’

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment