 
																			२१ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसया स्टेसनमा खटिएका तीन उच्च तहका कर्मचारीलाई कारवाही गरेको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार दुई वर्षका लागि खटिएका उनीहरुलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय निगमको पोष्टिङ कमिटीले गरेको हो ।
गत ३० डिसेम्बर २०२० का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजमा एक यात्रुको पीसीआर रिर्पोट पोजेटिभ थियो । ‘रिर्पोट नै पोजेटिभ लिएर आएको घटनामा भएको कमजोरी नैतिक रुपमा कर्मचारीको हुने भन्दै उनीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ निगमका एक उच्च अधिकारीले भने ।
उनका अनुसार मलेसिया स्टेसनमा खटिएका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र वित्त प्रमुख इन्द्र थापालाई फिर्ता बोलाउने निर्णय भएको हो । त्यसअगाडि उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण समेत चित्त बुझ्दो नआएपछि कर्मचारीलाई कारवाही गर्ने निर्णयमा कमिटि पुगेको हो ।
‘यात्रुको रिर्पोट नक्कली हुनु वा अन्य कारणबाट हुने कमजोरी निगमका कर्मचारीको हुँदैन,’ उनले भने, तर, रिर्पोट नै पोजेटिभ बोकेर ल्याएपछि कर्मचारीमाथि कारवाही भएको हो ।’
नेपाल आउने यात्रुको पीसीआर नेगेटिभ हुनुपर्छ । तर, एयरलाइन्सले पोजेटिभ रिर्पोट आएका यात्रु नै बोकेर आएमा भने एयरलाइन्सले उनीहरुलाई होटेलमा राखेर पीसीआर नेगेटिभ नआएसम्म खर्च बेहोर्नुपर्छ ।
त्यसपछि पीसीआर गर्न लाग्ने रकम समेत एयरलाइन्सले नै बेहोर्नुपर्छ । सो उडानका यात्रुको हकमा यसरी लाग्ने खर्च समेत सम्बन्धित कर्मचारीबाट दामासाही रुपमा बेहोर्ने निर्णय निगमले गरेको छ ।
एक यात्रुमा कोरोना देखिएको यो घटनामा ४५ जनालाई होटेल क्वारेन्टीनमा राखिएको छ । उनीहरुको खर्च एयरलाइन्सले बेहोर्नुपर्छ । मलेसियाबाट आएको न्यारोबडी जहाजले उक्त दिन कुल १४५ जना यात्रु बोकेर आएको थियो ।
अन्यलाई भने घर पठाइएको छ । विगतमा सामान्य स्पष्टीकरण सोधेर कर्मचारीलाई उन्मुक्ति दिने गरिए पनि अहिले कर्मचारीलाई जिम्मेवार बनाउन कडा नीति लिएको ती अधिकारीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4