Comments Add Comment

वार्षिक १० करोड डोज कोरोना खोप उत्पादन बढाउने मोडर्नाको लक्ष्य

काठमाडौं ।  अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो ।

कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने लक्ष्यका साथ लगानी बढाउने वा अन्य कम्पनीसँग सहकार्य गर्ने विषयमा पनि काम भइरहेको बताएको छ । मोडर्नाका अनुसार अहिलेसम्म कम्पनीले अमेरिकी सरकारलाई एक करोड ८० लाख डोज कोरोना खोप दिइसकेको छ । कम्पनीले अमेरिकासँग २० करोड डोज कोरोना खोपको लागि सम्झौता गरेको छ ।

मोडर्नाले क्यानडासँग पनि चार करोड डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । स्रोत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment