Comments Add Comment

ढाका म्याराथनमा किरण र पुष्पाले प्रतिस्पर्धा गर्ने

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

२१ पुस, काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।

यस्तै प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment