Comments Add Comment

सडकको नाली बनाउने क्रममा ढुँगाले लागेर मजदुरको मृत्यु

२१ पुस, रसुवा । नाली निर्माणका क्रममा ढुँगाले लागेर एक मजदूरको मंगलबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयुल निवासी ४२ वर्षीय दमै थोक्रा छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पन्ध्र–२० मजदुरले काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुँगा गुडेर तल पुग्दा थोक्राको टाउकोे थिचिन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइन्छ । अन्य कामदार भागेर बच्न सफल भएको अर्का कामदार बुद्धिबहादुर तामाङले जानकारी दिए ।

ढुँगा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पुर्ख्यौली थलोबाट मजदुरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास सुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment