+
+
Shares

भक्तपुरमा सडक बत्ती मर्मत गर्दा करेन्ट लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १९:२२

२१ पुस, काठमाडौं । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

मृत्यु हुन्मा भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने दोलखाको मेलुङ गाउँपालिका-५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकी रहेका छन् ।

उनी भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका थिए । भक्तपुर नगरपालिका-२ ब्यासी इतापामा बिजुलीको पोलमा चढेर बत्ती मर्मत गर्ने  क्रममा मंगलबार दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?