Comments Add Comment

कृषि विश्वविद्यालयको रजिष्टारमा थपलिया र सेवा आयोगमा मिश्र नियुक्त

कृषि विश्वविद्यालयको रजिस्टारमा नियुक्त शारदा थपलिया र सेवा आयोग अध्यक्षमा नियुक्त कल्याणी मिश्र ।

२१ पुस, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छिन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् ।

थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरिसकेकी थिइन् । गएको माघ १२ गते प्रा.डा. मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्टार पद रिक्त थियो । रजिष्टार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी नियुक्त भएकी छिन् । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले उनलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एक जना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment