Comments Add Comment

कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’

नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो ।

तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको शिर्ष गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरको रोमान्टिक अवतार देख्न सकिन्छ ।

बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।

चलचित्रबाट शक्ति, कविता र संयक दर्शनधारीले डेब्यू गर्दैछन् । चलचित्रमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापामगर, खुम तामाङ, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment