+
+
Shares

‘म स्टार बन्न आएकै होइन’: कर्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १५:४४

चलचित्र ‘सानो संसार’मा लामो कपाल पालेर अभिनय गर्दै गर्दा नायक कर्माले राम्रो चर्चा पाए । तर, उनले हरेक चलचित्रमा सोही गेटअपलाई फलो गरेनन् । जब, कर्माले ‘सानो संसार’को गेटअप परिवर्तन गरे, धेरैले उनलाई अब तिमी चल्दैनौ भनेर प्रतिक्रिया दिए । कतिपयले त उनलाई गाली पनि गरे ।

तर, कर्मा भन्छन्–‘म चल्नका लागि या भयंकर गर्छु भनेर आएकै होइन । मलाई मनदेखि जे गर्न मन लाग्यो मैले सोही काम गरेँ । मलाई यसले सहज बाटो लगेन होला । तर, मैले मेरो मनको इच्छा पुरा गर्नका लागि फरक–फरक भूमिका गरेको हुँ र यसमा म खुशी छु ।’

कर्माले ‘सानो संसार’को कपाल राखेकै गेटअप आजसम्म पनि आफूले कल्पना गर्न नसक्ने बताए । उनले भने–‘म फरक–फरक भूमिका निर्वाहा गर्न चाहन्छु । मलाई अनुभव गर्नु थियो । कती भूमिकाहरु असफल पनि भयो होला । तर, अनुभव त भयो नी । जे चल्छ सोही अनुसार गर्नुपर्छ भन्ने नै छैन ।’

कर्माले आफूले स्टारडममा विश्वास नगर्ने पनि सुनाए । कर्मा भन्छन्–‘म स्टार हुन आएकै होइन । म कलाकार बन्न आएको हुँ । चलचित्र, नाटक जे भएपनि म काम गर्न आएको हुँ । मलाई यसैले पनि स्टारडमको नशाले छोएको छैन । सायद, अब छुदैन पनि होला ।’

कर्माले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बम्पर व्यापार गर्यो । उनले अभिनय गरेका धेरै चलचित्र असफल छन् । तर, कर्माको कामको भने खुबै तारिफ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?