+
+
Shares

कोहलपुर ओपन क्रिकेट : युभीसीसी कोहलपुर, बीसीसीसी कीर्तिपुर र यस एक्स्पर्ट क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १८:४६
एस स्पोर्ट्सका लागि ब्याटिङ गर्दैसुबेन्दु पाण्डे ।

२२ पुस, काठमाडौं । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ मा युभीसीसी कोहलपुर, बीबीसीसी कीर्तिपुर र यस एक्स्पर्ट क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो दिन बुधबार भएको खेल जित्दै तीन टिमले अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगञ्ज च्याम्पलाई ३४ रनले पराजित गर्यो । युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगञ्ज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। युभीसीसीको बलिङमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लिए भने वीरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो। उसको लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए। नेपालगञ् च्याम्पको बलिङमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रविश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच युभीसीसी नेपालगञ्जका सुमन गुरुङ चुनिए ।

दिनको दोश्रो खेलमा बीबीसीसी कीर्तिपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो। राझाले दिएको ६४ रनको लक्ष्य बीबीसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

बीबीसीसीको लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए जुन क्रममा १० बलमा ५ छक्का हिर्काए । निरज सिंह धामीले १९ रन बनाए ।

यस अघि टस हारेर ब्याटिङ गरेको राझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो । राझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बीबीसीसी कीर्तिपुरका बलर निरज सिंह धामीले सर्वाधिक ४ विकेट तथा जनक बिस्टले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बीबीसीसी कीर्तिपुरका निरज सिंह धामी चुनिए।

दिनको तेश्रो खेलमा यस एक्स्पर्ट्सले न्यु रोड-११ लाई १२६ रनले पराजित गर्यो। यस एक्स्पर्टले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यु रोड-११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । न्यु रोडका लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए । यस एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट, नासिर अन्सारीले २ विकेट तथा सन्दिप खत्री र बिरेन्द्र नाथ योगीले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको एक्स्पर्ट्सले १५ ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। उसको लागि शुबेन्दु पाण्डेले शतक बनाउने क्रममा ५३ बलमा ११ चौका र ९ छक्का प्रहार गरे । बिमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए।

न्यु रोड-११ को बलिङमा क्षितिज मल्लले २ तथा मदन शर्मा र किरन रावलले समान १ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार क्वाटरफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा विहान ८:३० बजे न्यु दर्पण युथ क्लब र कारकाँदो क्रिकेट क्लब, दोश्रो क्वाटरफाइनलमा बिहान ११:३० बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र कोहलपुर क्रिकेट एकेडेमी तथा तेश्रो क्वाटरफाइनलमा बीबी वारियर्स र युभीसीसी कोहलपुरले प्रतिस्पर्धा गर्नेछन्। चौथो क्वाटरफाइनल खेल शुक्रबार बिहान बीबीसीसी कीर्तिपुर र सम्झना स्पोर्ट्स क्लब बीच हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?