+
+
Shares

सेयर धितो कर्जामा आकर्षण– पाँच महिनामै साढे १७ अर्ब लगानी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १०:२८

२३ पुस, काठमाडौं । सेयर धितो कर्जामा आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब साढे १७ अर्ब रुपैयाँ सेयर धितोमा लगानीमा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म पनि ५० अर्ब ४१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लगानीमा रहेको थियो । पछिल्लो पाँच महिनामै यस्तो कर्जा १७ अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको छ ।

पछिल्लो एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार सेयर धितोमा लगानी हुने कर्जा चालु आर्थिक वर्षको पाँच महिनामा ६७ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरै देखिएको छ ।

कात्तिक मसान्तसम्म ६१ अर्ब ३१ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा एक महिनामा नै बढेर ६७ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरै भएको हो । पछिल्लो समय सेयर बजारतर्फ लगानीकर्ता आकर्षित हुँदा यो क्षेत्रमा जाने कर्जाको मात्रा पनि बढेको हो ।

मंसिर महिनामा सेयर बजार निकै माथि पुगेको छ । यो महिनामा सेयर बजारमा एकैदिन ९ अर्ब रुपैयाँ भन्दा धेरैकोसम्म कारोबार भएर नयाँ रेकर्ड समेत कायम भएको थियो । पछिल्लो केहि वर्षको तथ्यांक हेर्ने हो भने पनि सेयर धितोमा जाने मार्जिन नेचरको कर्जामा निजरन्तर उकालो लागेको छ ।

आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म यस्तो प्रकृतिको कर्जा ४१ अर्ब १३ करोड रुपैयाँमात्रै लगानीमा रहेको थियो । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म आइपुग्दा भने ४५ अर्ब ४२ करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी भएको राष्ट्र बैंक बताउछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?