Comments Add Comment

अमेरिकाको सिनेटमा पनि डेमोक्रेटिक पार्टीको पकड

डेमोक्रेटिक पार्टीबाट निर्वाचित राफेल वार्नोक र जोन ओसोफ

२३ पुस, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा पनि डेमोक्रेटिक पार्टीले आफ्नो नियन्त्रण कायम गरेको छ । जर्जियामा भएको निर्वाचनमा दुई सिट जितेसँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडनको पार्टीले सिनेटमा पनि आफ्नो पकड कायम गरेको हो ।

यससँगै एक सय सिटको सिनेटमा ५० सिट रिपब्लिकन पार्टी र बाँकी ५० डेमोक्रेटिक पार्टीले पाएका छन् । तर, कुनै निर्णयमा मतदान गर्नुपर्ने भए सिनेटको अध्यक्षसमेत रहने उपराष्ट्रपति कमला ह्यारिसले टाइ ब्रेकिङको अधिकार पाउनेछिन् । यस्तोमा डेमोक्रेटिक पार्टीको बहुमत पुग्नेछ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा यसअघि नै डेमोक्रेटिक पार्टीको बहुमत छ । यस्तोमा जो बाइडनलाई आफ्नो कार्यकालमा कुनै पनि निर्णय गर्न रिपब्लिकनको सहयोग आवश्यक नपर्ने भएको छ ।

मंगलबार जर्जियामा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका राफेल वार्नोक र जोन ओसोफले जित हात पारेका हुन् । यसअघि नोभेम्बर ३ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पनि ५० प्रतिशतभन्दा धेरै भोट ल्याउन नसकेपछि जर्जियाको स्थानीय नियमअनुसार प्रमुख प्रतिस्पर्धीको बीचमा पुनः प्रतिस्पर्धा गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment