Comments Add Comment

शिव भन्छन्–‘फिल्म कमजोर भएर रिलिज गर्न लागेको होइन’

नायक शिव श्रेष्ठले आफू निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कमजोर भएकाले रिलिज गर्न नलागेको बताएका छन् । उनले भने–‘कतिपयलाई चलचित्र कमजोर भएकाले रिलिज गर्न लागिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, यसमा सत्यता छैन । चलचित्र पूर्ण रुपमा मनोरञ्जनले भरिएको छ । कतिले त चलचित्र नै बन्दैन पनि भनेका थिए । तर, दर्शकको विश्वासका कारण नै आज चलचित्र बनेर रिलिजका लागि तयार भएको छ ।’

शिवले कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई माथि उठाउने प्रयासका लागि आफूहरुले यो समयमा चलचित्र रिलिज गर्न लागेको बताए । उनले, चलचित्र क्षेत्रलाई सहयोग गर्नका लागि आफू अगाडि सरेको पनि स्पष्ट पारेका छन् । उनले, यो चलचित्रलाई इन्टरटेन्मेन्टको भ्याक्सिन समेत भनेका छन् । शिवले दर्शकको साथ पाउनेमा आफू पूर्ण रुपमा आशावादी रहेको पनि बताएका छन् ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघको १ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment