
२३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५०५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९०३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ । काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा २५, रुपन्देहीमा २५ र धादिङमा १० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4