+
+
Shares

नेकपा विवादबारे मेयरको जवाफ : काममा व्यस्त छु, सोच्ने फुर्सदै छैन !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते २०:३१

२३ पुस, सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि अहिले केपी शर्मा ओली र प्रचण्ड–माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै गतिविधिमा सक्रिय छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा उत्साहित बनेका नेता कार्यकर्ता अहिले पार्टी फुटकै चरणमा पुग्दा निराश छन् । यस्तै निराश हुनेमा पर्छन् सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर बसन्तकुमार मिश्र । तराई मधेशका जिल्लामा नेकपा एमालेविरोधी जनमत रहेका बेता पनि उनले स्थानीय तहको निर्वाचनमा एमालेबाटै चुनाव जिते ।

तत्कालिन एमालेमा इमान्दार नेताको रुपमा चिनिएका उनी ६० वर्षको उमेरसम्म अविवाहित छन् । पार्टीकै काममा व्यस्त हुँदाहुँदै विहे गर्न पनि नभ्याएको बताउने मिश्र भन्छन्, ‘पार्टीमा मभन्दा कोही इमान्दार हुनुहुन्छ भने म उहाँसँग कुरा गर्न चाहन्छु ।’

अहिले प्रचण्ड– माधव र ओली समूह छुट्टाछुट्टै सक्रिय हुन थालेपछि उनलाई पनि धेरैले सोध्छन्, तपाई कतापट्टि ? तर उनी कुटनीतिक जवाफ दिन्छन् । ‘म कुनै खेमामा छैन । नगरपालिकाको काम गर्नैबाट फुर्सद छैन’ उनले भने ।

पार्टीले मेयरको टिकट दिएपछि र निर्वाचित भएपछि आफू अहिले मेयरको भूमिाकामा नै व्यस्त रहेको मिश्रको दावी छ । ‘अहिले त नगरपालिकामा यति व्यस्त छु कि अन्य कुरा सोच्ने फुर्सद पनि छैन’ उनले भने ।

पार्टी फुट्दा आम कार्यकर्ताजस्तै उनी पनि दुखी छन् । ‘ज–जसले पार्टी फुटाउने गतिविधि गरे, ठीक गरेनन्’ उनी भन्छन् । पार्टी फुटेपछि जिल्लास्तरमै दुबै पक्षले भेला गरिरहँदा उनी दुबैथरिको भेलामा गएका छैनन् ।

‘मेरो भूमिका त मेयरको हो । अहिले अरुतिर लाग्दा त्यो भूमिकामा काम गर्न सक्दिनँ’ मिश्र भन्छन्, ‘अहिले नगरपालिकालाई राम्रो बनाउने सोंचका साथ काम गरिरहेको छु ।’

पार्टीको दुबै समूहमा सक्रिय नदेख्दा उनीमाथि प्रश्न पनि उठ्छ, ‘त्यसो भए पार्टीसँग मतलव छैन ?’ मिश्र भन्छन्, ‘मतलव छ । तर, अहिले नगरपालिकाको काममा व्यस्त छु ।’
उनी अघि भन्छन्, ‘कता जाने सन्दर्भमा पछि साथीहरुसँग छलफल गरेर निर्णय गर्छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?