Comments Add Comment

हिमाल ग्यास उद्योगमा ग्यास राख्ने ट्यांकी पड्किँदा तीनजना घाइते

२४ पुस, काठमाडौं । काभ्रेको बनेपामा रहेको हिमाल ग्यास उद्योगमा ग्यास राख्ने ट्यांकी पड्किँदा तीनजना घाइते भएका छन् ।

घाइते मध्ये ५५ वर्षीय लोकबहादुर खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुई जना भने सामान्य घाइते भएको र उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

उनले भने, ‘बजारमा पठाउनु अघि सिलिण्डर लिकेज छ कि छैन भनेर चेक गरिएको रहेछ । लिकेज भएको सिलिण्डर भेटिएपछि ग्यास खाली ट्याँकीमा खन्याउने क्रममा अचानक ट्यांकी पड्किएछ ।’ ट्याँकी पड्किए पनि आगलागी नभएका कारण थप क्षति भने हुन नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment