+

पीएम कप राष्ट्रिय पुरुष क्रिकेट माघ २ गतेदेखि, आर्मी र एपीएफ एउटै समूहमा

२०७७ पुष  २४ गते १८:२३ २०७७ पुष २४ गते १८:२३
पीएम कप राष्ट्रिय पुरुष क्रिकेट माघ २ गतेदेखि, आर्मी र एपीएफ एउटै समूहमा

२४ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार पुरुष क्रिकेटको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।

माघ २ देखि सुरु हुने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन् ।

यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिस, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् ।

उद्घाटन खेल त्रिभुवर्न आर्मी र गण्डकी प्रदेशबीच टीयू मैदानमा हुनेछ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ १७ गते टीयू मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोगमा क्यानले पिएमकप महिला र पुरुष क्रिकेट प्रतियोगिता गरेको हो ।

गत वर्ष बर्मीलाई हराउादै पुलिसले पिएम कपको उपाधि जितेको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय