Comments Add Comment

बाइडनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने

२५ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । ‘जसले मलाई सोधेका छन्, उनीहरुलाई भन्न चाहान्छु, म जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने छैन,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।

तर उनको ट्वीट एकाउन्टलाई केही समय समयका लागि बन्द गरिएको छ । निर्वाचनको नतिजालाई अस्वीकार गर्दै आएका उनले विहीबार एक भिडियो सन्देश मार्फत स्वीकार गरेका छन् ।

वाइडनले भने ट्रम्प सहभागी नहुनु राम्रै भएको र आफूले ट्रम्पलाई मिस नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment