+

दुई गोलको अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख पराजित

२०७७ पुष  २५ गते १०:१२ २०७७ पुष २५ गते १०:१२
दुई गोलको अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख पराजित

२५ पुस, काठमाडौं । जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्दै बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको हो ।

मोन्चेनग्लाडबाकको मैदान बायर्नले सुरुमै दुई गोल गरेको थियो । रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट गोल गर्दै बायर्नलाई २०औं मिनेटमा अग्रता दिलाएका थिए । २६औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

तर घरेलु टोली मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्‍यो । ३६औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै खेलललाई २-१ को स्थितिमा ल्याए । जोनासले नै पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ४९ औं मिनेटमा फ्लोरियन नेउहुसले गोल गर्दै मोन्चेनग्लाडबाकलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलमा गोल भएन र बायर्न पराजित भयो ।

जितपछि मोन्चेनग्लाडबाक १५ खेलबाट २४ अंक जोड्दै सातौं स्थानमा छ ।

पराजित भएपनि बायर्न शीर्ष स्थानमै यथावत छ तर दवस्रो स्थानको बायर लेभरकुजनसंग अंक दूरी बढाउन मौका भने गुमायो ।

१५ खेलबाट बायर्नको ३३ अंक छ । दोस्रो स्थानको लेभरकुजनको १४ खेलबाट ३१ अंक छ ।

बायर्नले १५ खेलमा ३३ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

बायर्न म्युनिख बुन्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय