Comments Add Comment

एसडी मुनि भन्छन्– भारत नेपालमा निर्वाचनको पक्षमा खुलेर आएको छ

२५ पुस, काठमाडौं । लामो समयदेखि नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियालीरहेका विज्ञ एस डि मुनिले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन् ।

भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दुवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन् ।

उनले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ ।’

उनले भनेका छन्,‘यी सबै घटनाक्रमले भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको रुपमा सोचेका छन् ।’

उनले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत उल्लेख गरेका छन् ।

सन् १९५० को शान्ति र मैत्रि सन्धीको बारेमा समेत उनले विस्तृतमा ब्याख्या गरेका छन् । उनले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो सन्तुलनविना नयाँ सन्धिको सम्भावना छैन र नेपाल पुरानो सन्धि खारेज गर्ने पक्षमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment