२५ पुस, काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२१ अनलाइन माध्यमबाट शनिबार आयोजना हुने भएको छ । सहभागी सम्पुर्ण विद्यार्थीहरु आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट प्रतिस्पर्धमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
संस्थाकी सुचना प्रमुख सुपि्रया महर्जन सापकोटाका अनुसार यस प्रतिस्पर्धामा हाईस्कूल वा सो सरहमा अर्थशास्त्र, बित्तीय र व्यवस्थापन अध्यनरत तथा यसमा रुची राख्ने विद्यार्थीहरूले भाग लिन सक्छन् । नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२१ मा सातै प्रदेशबाट ३०० भन्दा बढी विद्यार्थीहरुले, ५० भन्दा बढी संस्थाको प्रतिनिधित्व गर्दै भाग लिने भएका छन् ।
यस प्रतिस्पर्धामा सहभागी सम्पुर्ण विद्यार्थीहरुले गहन परीक्षण सत्र र विभिन्न छात्रवृत्तिका योजनाको अवसर पाउने आयोजकले जनाएको छ । नेपाल सन् २०१९ बाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुदै आइरहेको छ । २०१९ मा प्रथमपटक सहभागी भएर एक कांस्य पदक हात पारेको नेपालले २०२० मा २ ओटा कांस्यपदक हात परेको थियो । यो वर्ष पनि नेपाल इकोनोमिक्स ओलम्पियाड २०२१ का उत्कृष्ट पाँच विद्यार्थीले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् । अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ लाटि्भया विश्वविद्यालयले आयोजना गर्ने घोषण भएको छ । अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ पनि अनलाइन माध्यमबाट हुने छ ।