+
+
Shares

‘फाइटर’मा ऋतिक र दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते ११:४८

नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । तर, अब भने दर्शकको चाहना पुरा हुने भएको छ ।

चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने पक्का भएको छ । यो चलचित्रमा नायक ऋतिक रोशनसँग नायिका दीपिका पादुकोणले काम गर्ने पनि पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियामा दीपिका र ऋतिकले काम गर्न लागेको चर्चा चलेको त लामो समय भैसकेको छ । तर, अब भने दीपिका र ऋतिकलाई एकसाथ एक्सन अवतारमा यो चलचित्रमा हेर्न पाइनेछ ।

यो चलचित्रको छायांकन डिसेम्बर महिनाबाट सुरु हुनेछ । बलिउड पण्डितहरुले ऋतिक र दीपिकाको जोडी एकसाथ देखिन लाग्नुलाई उत्साहजनक कुरा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?