
२६ पुस, विराटनगर । इटहरी उपमहानगरपालिका– १० मा पुरुषको शव फेला परेको छ । कोसी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ५०–५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको निधारमा चोट देखिएको छ ।
चोट लागेका कारण पोष्टमार्टमका लागि शव विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । राजमार्गको घटना भएकाले हिट एन्ड रन वा मापसेका सेवन गरेर लडेको हुनसक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4