+
+
Shares

बेलायतमा ३० लाख नाघे कोरोना संक्रमित, ८० हजार बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १४:११

२६ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । बेलायतका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोनाका ५९ हजार ९३७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै सो अवधिमा बेलायतमा कोरोनाबाट एक हजार ३५ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार ८६८ पुगेको छ ।

कोरोना संक्रमण बढेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेका छन् । बेलायतमा कोरोना संक्रमण बढेसँगै अस्पतालहरुमा अत्यधिक भिड लाग्ने अनुमान गरिएको छ । बेलायतको लण्डनका मेयर सडिक खानले शुक्रबार कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको बताएका थिए ।

सहरका अधिकांश मानिसहरुले खोप पाउनुभन्दा अगाडि अस्पतालमा व्यापक मात्रामा भिड बढ्न सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । अहिलेसम्म बेलायतमा १५ लाख मानिसहरुले कोरोना खोप पाइसकेका छन् । बेलायतमा वृद्ध मानिसहरु तथा स्वास्थ्यकर्मीहरुलाई प्राथमिकतामा राखेर कोरोना खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?