+
+
Shares

दृष्टिविहीन शिक्षक उत्तम विक आमरण अनशनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १७:५४

२६ पुस, सुर्खेत । सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् । घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षा शाखा अगाडि आमरणअनशन थालेका हुन् ।

हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक सरुवाको माग गरेर अनशन थालेका हुन् ।

गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने ९ नम्बर वडामा कुनै पनि स्कुलमा दरबन्दी नभएकाले सरुवा गर्न समस्या भएको बताए । ‘उहाँले घर नजिकैको स्कूलमा सरुवा माग्नु भएको छ, तर, दबरन्दी नहुँदा उहाँले माग गरेकै ठाउँमा सरुवा गर्न समस्या भएको छ,’ कार्यकारी प्रमुख खत्रील भने ।

प्यूठानबाट स्थायी शिक्षक बनेका उनी भित्रीखोलाको विद्यालयमा आउनुअघि सुर्खेतकै सिम्ता गाउँपालिकाको विद्यालयमा कार्यरत रहेको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?