Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : हामीले व्यहोरेको राजनीति कति इमान्दार छ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् ।

आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन भएको भन्दै उनले भनेका छन्, ‘तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ ? कति जनहित अनुकूल छ ? समीक्षा गर्न बिलम्ब भइसकेको छ ।’

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरेको दाबी समेत पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment