Comments Add Comment

दार्जीलिङका लेखनाथ क्षेत्रीले ल्याए ‘फुलाङ्गे’

काठमाडौं । दार्जिलिङका लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यसअघि एक कवितासंग्रह र रवीश कुमारको चर्चित पुस्तक ‘मुक्त आवाज’ नेपाली अनुवाद प्रकाशित छन् । ‘फुलाङ्गे’ उनको पहिलो आख्यान हो ।

उपन्यासमा दार्जीलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्योे भन्ने प्रश्नको उत्तरमा लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइँप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।

सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास ‘फुलाङ्गे’ भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुने बताइएको छ ।

उपन्यासको नेपाली मूल्य ३ सय ३५ रुपैयाँ र भारतीय मूल्य २ सय ५० भारु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment