Comments Add Comment

कोरोना बिमा भुक्तानीमा किन भइरहेको छ ढिलाइ ?

२७ पुस, काठमाडौं । कोरोना बिमा दावी भुक्तानी पाउन अझै करिब २४ हजार बाँकी रहेका छन् । अर्थमन्त्रालयले तीन दिनमै भुक्तानी दिन निर्देशन दिए पनि बिमा कम्पनीहरुले महिनौँसम्म भुक्तानी दिन सकेका छैनन् ।

शुरुवाताी अवस्थाको तुलनामा बिमा भुक्तानीको दर निकै बढेको छ । यता २४ हजारले पाउन बाँकी रहदा त्यतिकै स।ख्या अर्थात २४ हजारकै संख्यामा भुक्तानी भइसकेको छ । तुलनात्मक हिसाबले भुक्तानी धेरै भए पनि तीव्र गतिमा हुन नसकेको आवाज उठिरहेका बेला सरकारले यसबारे थप प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले ढिलाइ हुनुको कारण खुलाएको छ । सोमबार केन्द्रका प्रमुख डा। समीरकुमार अधिकारीले सार्वजनिक सूचना जारी गर्दै ९ हजार ३ सय ९२ जनाको भेरिफिकेशन गरी पठाइएको बताएका छन् ।

निजी ल्याबमा गरिएको परीक्षण रिपार्टे भेरिफिकेशन गर्ने गरिएको छ । अझै थुप्रै भेरिफिेकेशन हुन नसकेर बिमा रकम भुक्तानी हुन सकेको छैन । कतिपयको नाम, ठेगाना तथा उमेर फरक फरक परेका कारण भेरिफिकेशनमा समस्या रहेको डा। अधिकारीले जानकारी दिएका छन् ।

‘कोरोना मिा दावीका लागि पेश भएका कतिपय विवरणहरुसँग भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना पीसीआर रिपोर्ट मिति जस्ता न्युनतम विवरण अपुर्ण भएको र कतिपय व्यक्तिहरुको विवरण मन्त्रालयमा रहेका रुजु गर्दा भेट्याउन नसकिएको अवस्था छ’ अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।

भेरिफिकेशनको अवस्थाबारे बिमा कम्पनीहरुमा नियमित जानकारी गराइएको भन्दै बिमितहरुले बिमा कम्पनीमा सम्पर्क राख्न समेत सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment