
फाइल तस्वीर
२७ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4