Comments Add Comment

एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियानको सुरुवात

कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितीलाई आत्मसाथ गर्दै नव सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियानको थालनी गरेको छ । भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियानको सुरुवात गरेको हो ।

एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ । ‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधै सँगै’अनुरुप सञ्चालन गरेको हो । यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर दखाइएको छ । कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।

कोभिड-१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यस अघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो जस अन्र्तगत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो । साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो ।

नयाँ अभियानको घोषणापछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने आशा गरिएको छ । बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विषेश राहत प्रदान गर्दै निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दी पश्चात पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो ।

एनसेलका अनुसार, उसले कोरोना प्रतिकार्य अन्र्तगत विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहक मैत्री अफरहरु समेत गरी भण्डै रु ९ अर्ब ७० करोड बराबर मुल्यको योगदान गरेको छ । प्रतिकार्य पहल अन्र्तगत नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment