
२७ पुस, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4