Comments Add Comment

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

२८ पुस, बुटवल । प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय छात्र-छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् ।

सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले छात्रतर्फको उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् ।

यस्तै छात्रातर्फको फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूललाई पराजित गर्दै नवज्योति बोर्डिङ स्कूल चार नम्बरले उपाधि जितेको छ ।

छात्रातर्फ कुंवरवर्ती उपविजेता हुंदा सिद्धार्थ बोर्डिङ स्कूल तेस्रो भएको छ । छात्र र छात्रा दुवैतर्फको उपाधि विजेता,उपविजेता र तेस्रो हुने टिमले क्रमशः नगद ३० हजार,२० हजार र १० हजार रुपैया प्राप्त गरेका छन् ।

नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।

यो प्रतियोगितामा विभिन्न विद्यालयबाट उत्कृष्ट खेलेका खेलाडी मध्येबाट छात्र र छात्रा दुबैतर्फ पहिलो चरणमा १८ जनाका दरले र ती मध्येबाट १२ जना खेलाडी छनोट गरी तिलोत्तमा नगरपालिकाको जुनियर टिम बनाइने छ ।

विभिन्न विधाका खेल प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयां वजेट छुट्टाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment