+
+
Shares

तरलता व्यवस्थापन गर्न बहुउद्देश्यीय सहकारी संघले बनायो कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १२:४३

२८ पुस, ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले तरलता समस्या समाधान गर्न कार्यविधि नै बनाएर काम शुरु गरेको छ । संघको आठौं साधारण सभाका अवसरमा अध्यक्ष सुरेन्द्र भण्डारीले तरलता समस्या झेल्नु नपरोस भनेर कार्यविधि नै बनाएर काम भइरहेको जानकारी दिए ।

उनका अनुसार बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन समस्यालाई मध्यनजर गदै आफ्ना सदस्य संघ संस्थाहरुको तरलता अभावको समस्यालाई समाधान गर्न तरलता व्यवस्थापन कोष संचालन कार्यविधि–२०७७ लागु गरिएको छ ।

कार्यविधिमा तरलता अभाव वा अधिक भए के कसरी काम गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको छ । संघको साधारणसभाका अवसरमा उनले बहुउद्देश्यीय सहकारीहरुलाई व्यवस्थित र राम्रो बनाउन नयाँ कार्ययोजनाहरु ल्याउने तयारी भइरहेको समेत जानकारी दिए ।

साधारणसभामा अल्पकालिन र दिर्घकालिन कार्ययोजनाबारे जानकारी गराउदै उनले सम्पत्ती शुद्धिकरण निवारण, सहकारी र गरिबी निवारण सम्बन्धि सूचना प्रणाली, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको बताए ।

पछिल्लो समय मुलुकमा भैरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने उनको भनाई छ ।

बहुउद्देश्यीय संघ मध्य यस संघमा ३ सय ३९ संघ संस्था आबद्ध रहेका छन् । संघको ४१ जिल्ला समेटेको साधारणसभामा जानकारी दिइयो । अध्यक्ष भण्डारीले संघले ४ वर्षे रणनीतिक योजना अन्तर्गत तय गरेका लक्ष कार्यान्वयन गर्न ५ वर्षे व्यवसायिक योजना २०७७–२०८१ तयार गरेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?