+
+
Shares

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशकाे टिम घाेषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १५:३१

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि सुदूरश्चिम प्रदेशकाे टिम घोषणा भएकाे छ । सन्ताेष भट्टकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रशिक्षकमा विरेन्द्र शाही छन् ।

पीएम कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोलीसहित १० टिमकाे सहभागिता रहनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।

यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश टीयू मैदानमा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?