Comments Add Comment

स्पोर्टस अवार्ड : करातेका मन्देकाजी वर्ष खेलाडी

२८ पुस, काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले आयोजना गरेको १७औं संस्करणको स्पोर्ट अवार्डमा कन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् ।

उनले एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देले दुई स्वर्ण जितेका थिए । उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए । बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए । यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment