News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गरी उपाधि जित्यो।
- रौनक श्रीवास्तव प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर घोषित भए।
- बिपिन प्रसाद शर्माले ५ खेलमा १६ विकेट लिए र उत्कृष्ट बलर भए।
२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा शतकसहित १६८ रन बनाएका थिए ।
त्यस्तै रौनक प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भए । रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले ५० ओभरको प्रतियोगितामा बनाएको उच्च व्यक्तिगत स्कोर हो ।
उत्कृष्ट बलरको ट्रफी कप्तान बिपिन प्रसाद शर्माले हात पारे । बिपिनले ५ खेलमा कुल १६ विकेट लिए ।
नेपालका लागि प्रसिद्ध जैसीले पनि एक शतक र एक अर्धशतकसहित २७८ रन बनाएका थिए । बलिङमा शुभम खनालको पनि प्रदर्शन राम्रो रहेको थियो । उनले १० विकेट लिएका थिए ।
नेपालले शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया 4