२१ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ । विराटनगरले शनिबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो ।
यसअघि अघिल्लो सिजनका मार्की सन्दीप लामिछाने रिटेनको घोषणा गरिसकेको विराटनगरले उनी सहित ६ खेलाडी रिटेन गरेको छ । रिटेन भएका खेलाडीहरूमा सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।्
विराटनगरले यसअघि शनिबार बिहान सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई दोस्रो सिजन पनि मार्की खेलाडीकै रूपमा निरन्तरता दिने जनाएको थियो ।
उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।
एनपीएलको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक ६ अन्य खेलाडी रिटेन गर्न पाउने प्रावधान छ । योसँगै सबै ८ वटै टिमले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।
प्रतिक्रिया 4